Biratnagar, Morang, Nepal
२३ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

स्तम्भकार अधिकारीको निधन

उद्‌घोष सम्वाददाता
२ मंसिर २०८१, आइतवार

विराटनगर । उद्घोष दैनिकका स्तम्भकार शिवबहादुर अधिकारीको शनिबार हृदयघातको कारण शनिबार विहान ६६ वर्षको उमेरमा निधन भएको छ ।

शनिबार विहान विराटनगर–१२ स्थित आफ्नै घरमा खाना खाइरहेको अवस्थामा हृदयघात भएको महसुस भएपछि उनी तत्काल सिटी सफारीमा चढेर सहयोगीका साथ रोडशेष स्थित सप्तकोशी नर्सिङ होम (अस्पताल)मा पुगेका थिए । अस्पताल पुगेका उनको केही क्षणमा नै निधन भएको हो ।

स्वर्गीय अधिकारीको अन्तिम संस्कार सुनसरी चतरास्थित सप्तकोशी नदीतटमा शनिबार बेलुकी  गरिएको छ । स्वर्गीय अधिकारीका एक श्रीमती, छोरा प्रमोद र छोरी कोपिला छन् ।

विसं २०१६ साल साउन १४ मा खोटाङको हलेसीमा जन्मिएका स्वर्गीय अधिकारी भारतको गोर्खा सैनिक सेवामा २८ वर्ष काम गरी सुवेदारसम्मको पदमा पुगेका उनी २०६३ सालमा अवकाश भएका थिए । अवकाशपछि उनी विराटनगरमा स्थायी रुपमा बस्दै आएका थिए ।

विराटनगर–१२ स्थित नेपाली कांग्रेस वडा समितिका कोषाध्यक्ष, लेखनाथ–सन्तोषी टोल संस्थाका अध्यक्ष, माता जानकी कृषि सहकारी संस्थाका कोषाध्यक्ष, जनमैत्री वचत तथा ऋण सहकारी संस्थाको मूल्याङ्कन उपसमितिका सदस्य, लेखानाथ वाचानालय तथा पुस्तकालयका साहित्यिक समितिलगायत दर्जन बढी संस्थामा आवद्ध स्वर्गीय अधिकारी समाजमा ह“समुख र सहयोगी भावनाका व्यक्ति  भएको स्थानीय अजय ढकालले बताए ।

View : 272

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved