भोजपुर । भोजपुरमा सम्पन्न नेपाल प्रेस युनियन कोशी प्रदेश समितिको बैठकले संगठन सुदृढीकरण, विधान संशोधनका लागि सुझाव समिति गठन, सदस्यता विस्तार तथा पत्रकारिता क्षेत्रको व्यावसायिक विकाससँग सम्बन्धित सात महत्वपूर्ण निर्णय गरेको छ ।
प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा सम्पन्न बैठकले आगामी जेठ १३ गते काठमाडौंमा हुने युनियनको विधानसभामा पेश गरिने संशोधन प्रस्तावका लागि सुझाव संकलन गर्न समिति गठन गरेको छ ।
प्रदेश महासचिव सञ्जीव वाग्लेको संयोजकत्वमा गठित समितिलाई प्रदेशभरका शाखाबाट सुझाव संकलन गरी केन्द्रीय समितिमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
बैठकले कोशी प्रदेशका १४ वटै जिल्लामा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
सक्रिय पत्रकारलाई संगठनमा आबद्ध गराउँदै प्रेस स्वतन्त्रता, श्रम अधिकार र पेशागत सुरक्षाका सवालमा साझा आवाज बलियो बनाउने रणनीति अनुसार अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।
नेपाल प्रेस युनियन भोजपुर शाखाको आतिथ्यतामा सम्पन्न बैठकले युनियनको स्थापना दिवसलाई प्रदेशभर भव्य रूपमा मनाउन सबै जिल्ला शाखालाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
View : 113
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved