Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर व्यापार संघले मनायो २५औं स्थापना दिवस

श्रीकृष्ण गौसालाका गौसेवकहरूलाई नि:शुल्क दुर्घटना बीमा
उद्‌घोष संवाददाता
१३ असार २०८२, शुक्रवार

विराटनगर । विराट व्यापार संघले २५ औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसर पारेर विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसालाका आठ जना गौसेवकको नि:शुल्क दुर्घटना बीमा गरिदिएको छ । 

स्थापना दिवसको अवसरमा गौसेवकहरूलाई सम्मान पत्रसहित जनही दुई लाख रुपैयाँको दरले एक बर्षका लागि दुर्घटना बीमा गरिदिएको हो ।

संघका अध्यक्ष अंशु बन्जराको अध्यक्षतामा श्रीकृष्ण गौसालामा आयोजित कार्यक्रममा पदाधिकारी, पूर्वअध्यक्षहरू, सदस्यहरू, समाजसेवीहरु र उद्योगी व्यवसायीहरूको उपस्थितिमा बीमा पोलिसी हस्तान्तरण गरिएको संघका कार्यकारी अधिकृत धरणी निरौलाले जानकारी दिए । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समार्फत गौसेवकहरूको दुर्घटना बीमा गरिएको उनले बताए ।

स्थापना दिवसकै अवसरमा संघले गौसालामा रहेका गाईका लागि खाद्यान्न सामग्री हस्तान्तरण गर्नुका साथै सन्ध्याकालिन खाद्यान्न खुवाएर सेवा गरेका थिए ।

उक्त कार्यक्रममा संघका पूर्व अध्यक्षहरु रामजीवन अग्रवाल, शिवप्रसाद रिजाल, श्रीकृष्ण गौसाला व्यवस्थापन समितिका अध्यक्ष शंकरलाल अग्रवाल, कालीमन्दिर व्इवस्थापन समितिका अध्यक्ष डा. मिनाक्षी नेपाल, विराट व्यापार संघकी महिला समिति सदस्य किरण व्यास लगायतको उपस्थिति रहेको थियो ।

View : 439

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved