Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सहकारीमा सुशासन प्रवर्द्धनका लागि कोशी प्रदेशका सहकारीकर्मीहरु विराटनगरमा

फोटो फिचरसहित
उद्‌घोष सम्वाददाता
१२ फागुन २०८१, सोमवार

विराटनगर । उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सहकारीलाई व्यवस्थित गरी सुशासन कायम गर्न  प्रदेश सरकार लागि परेको बताएका छन् । सोमबार विराटनगरमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजना गरिएको ‘सहकारी सुशासन प्रवर्द्धन सम्वन्धी कोशी प्रदेशस्तरीय अभिमुखीकरण कार्यशाला (गोष्ठी) को उदघाटन गर्दै  मन्त्री हाङ्गामले सरकारमा आएको दुई महिनामा नै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बनाएको बताउँदै सहकारीलाई सही बाटोमा लैजानका लागि कार्यहरु भैरहेको उल्लेख गरे ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशीका सचिव डा शरणकुमार पाण्डे देशभरका ३३ हजार सहरकारीमा एक सय जति सहकारी समस्याग्रस्त भए भन्दै सबैमा एउटै रुपमा मूल्याङ्कन गर्न नमिल्ने बताए ।

सहकारीकर्मीकै कारण सहकारीमा समस्या भएको, बाहिरबाट कोही आएर समस्याग्रस्त नबनाएको बताउँदै संघीयता आएर कार्य विभाजनको संक्रमणकालिन समयमा  भएका चलखेलका कारण सहकारीमा समस्या भएको बताए । अब सहकारीका सात सिद्धान्तका निष्ठा र इमान्दारिता थपेर आठ वटा पुर्‍याउनु पर्नेमा उनको जोड थियो । 

डा पाण्डेले सहकारीमा भएका बेथितिपूर्ण कार्यलाई निर्ममतापूर्वक प्रहार गरी सुशासन ल्याउन कुनै कसर बाँकी नराख्न सहकारी मन्त्रालय लागि परेको बताए । 

सो अवसरमा  महासंघकी अध्यक्ष ओमदेवी मल्ल,  सञ्चालक छत्रप्रसाद रिमाल, कोशी प्रदेश सहकारी संघका अध्यक्ष डा डिल्ली पोखरेलले पनि राष्ट्र प्रमुख खम्बाको रुपमा रहेको सहकारीको सुशासनका लागि कार्यक्रम गरिएकोले आगामी दिनमा सहकारीमा भएका कमी कमजोरी हटाई सही मार्ग लैजानका लागि सहज हुने बताए ।  
गोष्ठीमा  कोशी प्रदेशका सहकारी विज्ञ,  सहकारीकर्मीहरुको सहभागिता रहेको छ ।

View : 569

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved