Biratnagar, Morang, Nepal
१ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर राउण्ड टेबल ५ द्वारा कृत्रिम खुट्टा र पंखा प्रदान

उद्‌घोष सम्वाददाता
३१ वैशाख २०८२, बुधवार


विराटनगर ।   विरानगर राउण्ड टेबल ५ को आर्थिक सहयोग र सीबीआर विराटनगरको प्राविधिक सहकार्यमा अपाङ्गता भएका तीन बालबालिकालाई सहायक सामग्री वितरण गरिएको छ ।  बैशाख अन्तिम हप्तामा सीबीआर  विराटनगरको कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा विद्यालय जाने उमेरका ती बालबालिकाहरूलाई कृत्रिम खुट्टा, बौद्धिक अपाङ्गताका लागि कुर्सी(सीपी चेयर) र एएफओलगायत चारवटा आवश्यक सामग्री प्रदान गरिएको हो ।

एएफओ भनेको एक प्रकारको अर्थोटिक उपकरण हो, जसले खुट्टा र गोलीगाँठोलाई समर्थन र नियन्त्रण प्रदान गर्दछ ।
त्यसैगरी, विराटनगर राउण्ड टेबल ५ ले समुदायका लागि पुनर्स्थापना केन्द्र (सीबीआर) लाई छतमा लगाउने पाँचवटा पंखा पनि सहयोग गरेको सो सीबीआरका व्यवस्थापक नवीन दाहालले बताए ।


 

View : 70

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved