Biratnagar, Morang, Nepal
१३ मंसिर २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा ४८ जनाद्वारा रक्तदान

उद्‌घोष संवाददाता
१२ मंसिर २०८३, शनिवार

विराटनगर ।  विराटनगरमा आयोजित एक कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् ।

पं घनश्याम–चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानको आयोजना तथा पतञ्जलि योग समिति मोरङलगायत विभिन्न संघसंस्थाको सहकार्यमा शनिबार विराटनगर–६ स्थित भागवत प्रिन्टर्स छापाखानाको प्राङ्गणमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

‘रक्तदान जीवनदान’ भन्ने पवित्र उद्देश्यलाई आत्मसात् गर्दै कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा फस्ट ग्रेभियर विराटनगर, सडकपेटी हरित विराटनगर, सरस्वती सामुदायिक सिकाइ केन्द्र, अविराम युवा क्लब, श्रीराम मन्दिर सेवा समिति, भागवत प्रिन्टर्स र पूर्वाञ्चल स्टेसनरी सेन्टरको सहकार्य थियो ।

रक्तदानमा सहभागी रक्तदाताहरूलाई प्रतिष्ठानका अध्यक्ष दामोदर पोखरेल, सचिव कृष्णप्रसाद पोखरेल र पतञ्जली योग समिति कोशी प्रदेशका सहप्रभारी गोविन्दबहादुर खड्काले संयुक्त रूपमा प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा हरियाली अभियान विराटनगरका पारुल क्षेत्रीले पनि रक्तदान गरेका थिए ।

View : 63

१३ मंसिर २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved