Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

विश्व रक्तदाता दिवसमा डा ठाकुर, क्षेत्री र पन्त सम्मानित

उद्‌घोष संवाददाता
३१ जेठ २०८२, शनिवार

विराटनगर । विश्व रक्तदाता दिवस, २०८२ को अवसर पारेर रक्तदानको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विराटनगरका तीन जना विशिष्ट व्यक्तित्वहरू शनिबार सम्मानित भएका छन् ।

नेपाल स्वयमसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलमा आयोजित एक विशेष कार्यक्रममा उहाँहरूलाई अभिनन्दन गरिएको हो ।

सम्मानित हुने व्यक्तित्वहरूमा चर्मरोग विशेषज्ञ डा केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त हुनुहुन्छ ।

कोशी प्रदेशकै सर्वाधिक रक्तदाता डा ठाकुर

कोशी प्रदेशमा नै सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्तिका रूपमा ७० वर्षीय डाके।एन। ठाकुर सम्मानित हुनुभयो। उहाँले ६० वर्षको उमेरसम्म १०९ पटक रक्तदान गरी एक उदाहरणीय कार्य गर्नुभएको थियो ।

रक्तदान प्रवर्द्धक भैरव क्षेत्री

आफैँ नियमित रक्तदाता हुनुका साथै नाटक, टेलिफिल्म तथा चलचित्रलगायतका विभिन्न माध्यमबाट स्वयमसेवी रक्तदानको महत्त्वबारे जनचेतना फैलाउँदै रक्तदाता बढाउने कार्यमा उल्लेखनीय योगदान दिएबापत भैरव क्षेत्री लाई सम्मान गरियो ।

दुर्लभ रगतका सहयोगी विनायक पन्त

दुर्लभ बी नेगेटिभु रगत समूहका रक्तदाता तथा सक्रिय सामाजिक अभियन्ता विनायक पन्त रगत आवश्यक परेका व्यक्तिहरूका लागि जुनसुकै बेला पनि सहयोग गर्न तत्पर रहने उहाँको मानवीय सेवाको भावनाका लागि सम्मानित गरिएको हो ।

सम्मानित डा ठाकुर, क्षेत्री र पन्तलाई १०३ पटक रक्तदान गरिसकेका स्वयमसेवी  रक्तदाता तथा कार्यक्रमका अध्यक्ष हरिमोहन श्रेष्ठले रुद्राक्षको माला लगाई सम्मान गरेका हुन् । यस कार्यक्रमले रक्तदानको महत्त्व र यस क्षेत्रमा निरन्तर खटिने व्यक्तित्वहरूको योगदानलाई उजागर गरेको छ।

 

View : 576

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved