Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

धरानको कांग्रेसले माग्यो नियमित महाधिवेशन

१३ असोज २०८२, सोमवार

धरान । नेपाली कांग्रेसको विधानबमोजिम ४ वर्ष कार्यकालभित्रै नियमित महाधिवेशन गर्न माग गरिएको छ । 

कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको सुनसरी क्षेत्र नं १ को विशेष बैठकले यस्तो निर्णय गरेको हो । 

तामाङका अनुसार १४औं महाधिवेशनवाट आएका सबै तहका कार्यसमितिको ४ वर्षे पदावधि यही २०८२ मंंसिरमा सकिने भएकाले मंसिरभित्रै नियमिति महाधिवेशन गर्न माग गरिएको हो । 

यदि निर्धारित समयमा नियमित महाधिवेशन हुनन सक्ने परिस्थिति निर्माण भएमा विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन मार्पmत नीति र नेतृत्वमा रुपान्तरण र पुस्तान्तरण गरेर अघि बढ्नुपर्ने उनले बताएका छन् ।

बैठकले भदौ २३ र २४ गते जेन–जी पुस्ताले भ्रष्टचारको अन्त्य र वाक स्वतन्त्रताको पक्षमा गरेको आन्दोलनका सहिदहप्रति भावपूर्ण श्रद्धान्जली र परिवारजनमा शोक तथा समवेदना प्रकट गर्नुका साथै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

सो आन्दोलनमा ७६ जनाकोे ज्यान गएको हुँदा घटनाको निष्पक्ष रुपमा छानविन र गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

त्यसैगरी जेन–जीआन्दोलनमा घुसपैठ गरी हातपात, निजी तथा सरकारी सम्पति, भौतिक संरचना तोडफोड, लुटपाट र आगजनी गर्नेहरुलाई कडा कारवाही गर्न तथा आन्दोलनको मूख्य माग भ्रष्टाचारको अन्त्य रहेकाले सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानवीन गरी भ्रष्टचारी सबैलाई कडा कारवाही गर्न समेत बैठकले माग गरेको छ ।

बैठकमा पूर्व केन्द्रीय सदस्य मीना सुब्बा, कोशी प्रदेश महामन्त्री उमेश थापा, महासमिति सदस्य तिलक राई, पर्वत राई, जगतबहादुर कार्की, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल लगायतले विचार राखेका थिए ।

View : 367

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved