Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

महिला पतञ्जलीद्वारा योग प्रशिक्षण

उद्‌घोष संवाददाता
१० जेठ २०८२, शनिवार

विराटनगर / महिला पतञ्जली योग समिति विराटनगरले २९ जना नयाँ योग शिक्षक तयार गरेको छ । विराटनगर–८ शान्तिचोक स्थित गणेशमन्दिरमा बैशाख २३ बाट सुरु भएको  सह–योग शिक्षक प्रशिक्षण शिविरमा २९ जना सहभागी थिए । 
शनिबार आयोजित योग शिक्षण प्रशिक्षण शिविरको समापनको अवसरमा तालिममा उत्कृष्ट हुनेहरुको नाम सार्वजनिक गरिएको थियो । सो शिविरमा अनिषा शर्मा पोखरेल प्रथम, मणिराम पाण्डे द्वितीय, राजेन्द्रकुमार थापा तृतीय, मीना दंगाल सुवेदी एवम् कुमारी अधिकारी चौथो र डा सुमी ठाकुर पाँचौ भए । 

तालिमबाट लोचन पण्डित, ललिताकुमारी पण्डित, बाल्मिकी कार्की बस्नेत,  अनिता थापा, आशा कारञ्जित, अनिता शर्मा कुइकेल, श्यामकुमार तुलाधर, शर्मिला क्षेत्री गिरी, वीरेन्द्र थापा रमिता तुलाधर, भारतीकुमारी साह सह–योग शिक्षक भएका छन् । यसैगरी सविता कटुवाल खड्का, सुरेशकुमार चौधरी, लोकेन्द्रनाथ पोखरेल, सुजन पोखरेल, सावित्रा श्रेष्ठ, विष्णुमाया बस्नेत, रामप्रसाद गुप्ता, शोभा भण्डारी पाण्डेसमेत लिखित तथा प्रयोगात्मक परीक्षामा सफल भई सह–योग शिक्षक भएको

महिला पतञ्जली योग विराटनगरकी अध्यक्ष कुमारी तामाङले जानकारी दिइन् ।

सो समापन समारोहमा कोशी प्रदेश सदस्य भीम पराजुली, पतञ्जली योग मोरङका अध्यक्ष सुरेश अग्रवाल, मोरङकी महिला अध्यक्ष सूची चौधरी, महानगर अध्यक्ष शिल्पा प्याकुरेल, विराटनगर–८ का वडाध्यक्ष राम पोखरेलले नयाँ योग शिक्षकलाई शुभकामना  दिएका थिए ।

View : 552

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved