Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

जेसिजमा प्रीतेशराजको भव्य पदस्थापना

उद्‌घोष सम्वाददाता
२९ पुष २०८१, सोमवार

विराटनगर । विराटनगर जेसिजको ५२ औं पदस्थापना समारोहमा अध्यक्ष प्रीतेशराज दाहालले पदभार ग्रहण भव्य रुपमा गरेका छन् । 

समारोहमा १५ सदस्यीय समितिका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष कविराज दाहाल ‘राष्ट्रप्रेमी’, कार्यकारिणी उपाध्यक्षद्वय शिवशंकर मण्डल र अभिषेक भट्टराई, महासचिव प्रवेश दुलाल, सहसचिव सबिन अधिकारी, कोषाध्यक्ष रञ्जनकुमार शाही र तालिम निर्देशक सुभाष भण्डारीले पदभार ग्रहण गरेका थिए । 

यसैगरी चार उपाध्यक्ष रिजन सिग्देल, मनोज तिवारी, शिवराज पोखरेल र अनुज दाहाल, जनसम्पर्क अधिकारीमा अभिषेक गौतम, कानुनी सल्लाहकारमा रमेश अधिकारीको पनि पदभार ग्रहण गरेका थिए । 

सो अवसरमा निवर्तमान अध्यक्ष एवम् निर्वाचन आयुक्त अभिनास थापाको उपस्थितिमा  अध्यक्ष तुलसी निरौलाले  नवगठित समितिका अध्यक्ष प्रीतेशराज  दाहाललाई पद हस्तान्तरण गरी र सपथ ग्रहण गराएका थिए  भने प्रीतेशराज दाहालले आफ्नो समितिका सबैलाई सपथ गराएका थिए ।

कार्यक्रममा बर्षभरी उत्कृष्ट कार्य सम्पादन गर्ने सदस्यहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।  लक्ष्मी स्मृति उत्कृष्ट शाखा पदाधिकारीबाट रञ्जनकुमार शाही, धनगङ्गा अवार्डबाट मनोज तिवारी, सूर्य कस्तुरी उत्कृष्ट सदस्य अवार्डबाट प्रबेश दुलाल, उत्कृष्ट सुपरीवेक्षक अवार्डबाट अनुराग निरौला सम्मानित भए ।

त्यस्तै क्षेत्र (क) बाट नेपाल जेसीजमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पदाधिकारीहरुलाई सम्मानित गरिएको थियो जसमा राष्ट्रिय कानुनी सल्लाहकार सुनिल तिमल्सिना  राष्ट्रिय उपाध्यक्ष सुमित्रा भट्टराई, उज्वल काबरा र राघव कोइराला सम्मानित भए ।  

यसैगरी कार्यक्रममा ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको सम्झना गर्दै निर्माण गरिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, कोशी प्रदेशसभा सदस्य भीम पराजुली, अन्तर्राष्ट्रिय जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष सन्तोष रिजाल, जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष फूलकुमार लालावाणीले नवगठित समितिलाई बधाई तथा शुभकामना दिएका थिए ।  

शनिबार सम्पन्न पदस्थापन कार्यक्रममा जेसीजका विभिन्न  २० भन्दा बढी शाखा अध्यक्षहरुको उपस्थिति थियो ।

View : 228

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved