Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूविको उपकुलपतिका उम्मेदवार सञ्जेश कोइरालाको निधन

उद्घोष सम्वाददाता
२० चैत २०८०, मङ्गलवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका उम्मेदवार सञ्जेश कोइरालाको निधन भएको छ । 

सोही विश्वविद्यालय अन्तरगतको अनुगमन तथा मूल्यांकन केन्द्रका प्रमुख समेत रहेका कोइरालाको उपचारका क्रममा मंगलबार काठमाडौंमा निधन भएको जनाइएको छ ।

उच्च रक्तचाप सम्बन्धी समस्या भएपछि उपचार गराउँदै आएका कोइरालाको मिर्गौलामा समेत समस्या देखिएपछि काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा क्रममा निधन भएको जनाइएको छ ।

विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त दिएर छनौटमा परेका १७ जना दाबेदारमध्येका कोइराला पनि एक हुन् ।

उपकुलपति छनौट तथा सिफारिस समितिले सोमबार सूचना मार्फत उम्मेदवारहरूको प्रस्तुतिकरणको तालिका सार्वजनिक गरेको थियो । 

कोइराला यसअघि पूर्वाञ्चल विश्वविद्यालयको योजना महाशाखा प्रमुख थिए । त्यसपछि उनी चार वर्षका लागि अनुगमन तथा मूल्यांकन केन्द्रको प्रमुख नियुक्त भएका थिए । उनी पुविको रजिष्टार तथा प्राध्यापक संघको सभापति समेत भएका थिए ।

कोइरालाले पछिल्लो पटक विराटनगरमा व्यवसायिक फुटबल क्लब विराटनगर सिटी फुटबल क्लब (बीसीएफसी) स्थापना गरी त्यसको संरक्षक भएर फुटबल विकासमा सक्रिय उपस्थिति देखाएका थिए ।

View : 585

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved