Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूविको बीबीएसको नयाँ पाठ्यक्रमबारे छलफल

उद्‌घोष संवाददाता
१८ भदौ २०८१, मङ्गलवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) व्यवस्थापन संकाय अन्तरगत स्नातक तह चार वर्षे बीबीएस तह २०२४ व्याचदेखि लागू हुने नयाँ पाठ्यक्रमबारे छलफल गरिएको छ ।

व्यवस्थापन संकायका डीन डा. सन्देशदास श्रेष्ठको अध्यक्षतामा विभिन्न कलेजका प्रतिनिधिहरूसँग आइतबार भएको छलफलमा १४ वटा क्याम्पसका प्रतिनिधिहरूलगायत सरोकारवालाको उपस्थिति रहेको थियो । 

नयाँ पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयनबारे विषयविज्ञ सहितको टोलीसँग छलफल भएको व्यवस्थापन संकायका अधिकृत विष्णु तिवारीले जानकारी दिए ।

कार्यक्रममा व्यवस्थापन संकायका सह–डीन सोनिला शाक्य, व्यवस्थापन तथा वाणिज्य प्रशासन विषय समिति अध्यक्ष प्रा.डा. सदय हमाल, विषय समिति सदस्यहरू प्रा. मोहनबहादुर बस्नेत, प्रा. रमाकान्त दास, शैलेन्द्र शिवाकोटी, युवराज धिताललगायतको उपस्थिति रहेको थियो ।

View : 492

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved