Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

अस्पतालको विद्युत महसुल आधा मिनाहा गर्न कुलमानलाई स्वास्थ्यमन्त्री पौडेलको आग्रह

उद्‌घोष संवाददाता
१३ भदौ २०८१, बिहिवार

विराटनगर । सरकारी अस्पतालहरूको विद्युत महसुल आधा मिहाना हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताएका छन् । बिहीबार कोशी अस्पतालको अनुगमन गर्दै स्वास्थ्यमन्त्री पौडेलले अस्पतालको महशुल आधा मिनाहा गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग आग्रह गरेका हुन् ।

‘अस्पतालमा उठ्ने विजुलीको आधा मिनाहा गरिदिनुस्, त्यसको पैसाबाट हामी अस्पताललाई तेस्रो सिफ्टमा चलाउँछौ, राती ८ बजे पनि अप्रेसन गर्छौं’ मन्त्री पौडेलले भने, ‘बिजुलीको आधा पैसा मिनाहा गरिदिनु भयो भने मन्त्रालयले पनि त्यति नै पैसा थप्छौँ ।’

उनले विद्युत महसुल छुट भएको खण्डमा कोशी अस्पताललाई समेत १२ घण्टासम्म संचालन गर्ने स्थितिमा पुर्‍याउन सकिने बताए । अस्पतालको ठुलो स्रोत विद्युत महसुलमा जाने भएकोले प्राधिकरणले आधा रकम छुट दिनुपर्ने मन्त्री पौडेलको भनाई छ ।

कोशी अस्पताल स्रोतका अनुसार कोशी अस्पतालले हाल मासिक रुपमा सरदर १५ लाख रुपैयाँ विद्युत महसुल भुक्तानी गर्दै आइरहेको जनाइएको छ ।

मन्त्री पौडेलले बिहीबार अस्पतालको टिकट काट्ने काउण्टरदेखि टोकन प्रणालीमा देखिएको भिड व्यवस्थापन गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् । उनले धेरै बजेट नलाग्ने कामहरू अहिले पनि गर्नसकिने भन्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

मोबाइल एपको विकास गरी अनलाइनबाट ल्याबको रिपोर्ट हेर्ने व्यवस्था गर्नुपर्ने मन्त्री पौडेलले बताए । उनले भने, ‘मोबाइल एपबाट सेवा विस्तार गर्न सक्नुपर्छ, अनलाइन कम्पनीलाई आउटसोर्सिङ गरेको छ भन्नुहुन्छ तर कहीँ चलेको छैन ।’

View : 289

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved