Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रेस चौतारीको राष्ट्रिय महाधिवेशनको विराटनगरमा तयारी शुरु

उद्‌घोष सम्वाददाता
२७ पुष २०८१, शनिवार

विराटनगर । प्रेस चौतारी नेपालको विराटनगरमा हुन लागेको १० औं राष्ट्रिय महाधिवेशनको तयारी शुरु गरिएको छ । 

‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ भन्ने नाराका साथ चौतारीको महाधिवेशन आगामी फागुन २५ देखि २७ सम्म हुने जनाइएको छ । महाधिवेशनका लागि शुक्रबार विराटनगरमा पहिलो तयारी बैठक सम्पन्न भएको छ । 

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमको उपस्थितिमा सम्पन्न बैठकले महाधिवेशन स्थल, महाधिवेशन प्रतिनिधि, अतिथिहरूको आवासको प्रबन्ध लगायत व्यवस्थापकीय कार्यको अध्ययन गरि प्रतिवेदन तयार गर्न ११ सदस्यीय समिति गठन गरेको छ ।

चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलको संयोजकत्वमा ११ सदस्यीय समितिमा प्रचार तथा प्रकाशन विभाग कोशी प्रदेशका उपप्रमुख भीम राई ज्वाला, केन्द्रीय प्रचार विभागका सदस्य लीलाराज भट्टराई, अग्रज पत्रकार यज्ञ शर्मा, प्रेस चौतारी कोशी प्रदेश कमिटी अध्यक्ष अविजाल बिष्ट, नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख सन्तोष बान्तवा राई, प्रेस चौतारी कोशी प्रदेश उपाध्यक्ष सुमन पुरी, महासचिव बाबुराम भण्डारी सदस्य रहेका छन् । 

त्यसैगरी सदस्यहरूमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष समेत रहेका प्रेस चौतारीका नेता भरत खड्का, चौतारी मोरङ अध्यक्ष सुदीप कोइराला, चौतारी सुनसरीका अध्यक्ष सुभद्रा प्याकुरेल, चौतारी धनकुटाका अध्यक्ष रविन कट्टेल, चौतारी मोरङकी उपाध्यक्ष चीना थापा रहेका छन् ।

उक्त समितिले तयार पारेको प्रतिवेदनका आधारमा महाधिवेशन स्थल र प्रतिनिधि, अतिथि, पर्यवेक्षकहरुको व्यवस्थापनको कार्य शुरु गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख गौतमले बताए । 

उनले कोशी प्रदेशका जिल्ला र प्रदेश अधिवेशन अन्य प्रदेशभन्दा अगाडी सम्पन्न गरिसक्न निर्देशन दिए । गौतमले जिल्लाहरूको अधिवेशन माघ १४ भित्र र प्रदेश अधिवेशन माघ २५ भित्रमा सम्पन्न गर्नुपर्ने बताए । 

चौतारीको केन्द्रीय महाधिवेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाइएको छ ।

चौतारीको २०६९ मा सातौं अधिवेशन पनि विराटनगरमा भव्यताका साथ सम्पन्न गरेको थियो ।

View : 374

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved