Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

कम्बाइन हार्वेस्टर ल्याउँदा भन्सारले दुःख दिएको आरोप

उद्‌घोष संवाददाता
२९ माघ २०८१, मङ्गलवार

विराटनगर । कृषिजन्य मेसिन ल्याउदा एकीकृत भन्सार जाच चौकी विराटनगर रानीले अनावश्यक दुःख दिएको आरोप किसानहरुले लगाएका छन् । 

केही किसान र स्थानिय व्यवसायीको संलग्नतामा कम्वाइन हार्वेस्टर नामक मेसिन नेपाल ल्याउन लागिएको थियो । सोे मेसिन विराटनगर भन्सार कार्यालय परिसरसम्म आइपुगे पनि कार्यालयले अनेकौं वहानामा ल्याउन नदिएको आरोप कृषकको छ ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सागर मोटर्सपार्टस सुनसरीका व्यवसायी चन्दन कुमार साह र कृषकहरुले भन्सार कार्यालयका प्रमुख  ज्ञानेन्द्रराज ढकालले भारतबाट नेपाल निर्यात हुन लागेको धान काट्ने कृषि मेसिनलाई जाच पास नगरि ३ महिनादेखि रोकेर दुःख दिएको बताएका छन ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २०८१ कात्तिक २८ गते भारतको पन्जाबबाट सरकारी मापदण्ड बमोजिम धान काट्ने मेसिन विराटनगर भन्सार कार्यालयमा ल्याइएको थियो । 

त्यसपछि जाचपासका क्रममा भन्सारले आनाकानी गरेपछि  २०८१ मंसिर १७ गते मापदण्ड पुग्दैन भने मेसिन फिर्ता पठाइदिन विराटनगर भन्सार कार्यालयमा निवेदन दर्ता गरी सो विषयमा जानकारी गराएको भएपनि मेसिन जँच पास हुने,नहुने जानकारी दिन कसैले नमानेको व्यवसायी साहले बताए ।

विराटनगर भन्सार कार्यालयमा मेसिन पार्किङ गरेर राखे बापत ट्रान्स नेपाल सर्भिस प्रा.लि.लाई २९ हजार ९ सय ८३ रुपैयँ ४७ पैसा भाडा उल्टै तिर्नुपरेको उनले बताए ।  

साहले बैंकबाट २६ लाख रुपैया ऋण लिएर धान काट्ने मेसिन ल्याइएको बताए । यद्यपी ३ महिनादेखि मेसिन विराटनगर भन्सार कार्यालयमा थन्किदा आफु अन्यायमा परेको उनले गुनासो छ ।

View : 396

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved