Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नगर स्थापनाको अवसर पारेर पहिलो पटक मनाइयो ‘इनरुवा डे’

उद्‌घोष संवाददाता
१५ जेठ २०८३, शुक्रवार

इनरुवा । इनरुवा नगरपालिका स्थापना भएको दिनको अवसरमा शुक्रबार भव्य रुपमा ‘इनरुवा डे’ मनाइएको छ । नगरपालिकाले स्थापना दिवसको अवसरमा इतिहासमै पहिलो पटक भव्य रूपमा ‘इनरुवा डे’ अर्थात इनरुवा दिवस मनाएको छ । 

गणतन्त्र दिवसकै अवसर पारेर जेठ १५ गते नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाएको हो । 

दिवस मनाउन गठित मूल समारोह समिति र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबार विहान इनरुवामा प्रभातफेरी निकालिएको थियो । 

प्रभातफेरी पश्चात् महानन्द पार्कमा आयोजित मुख्य समारोहमा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी लगायतले संयुक्त रूपमा झण्डोत्तोलन गरेका छन् । 

कार्यक्रममा इनरुवा सहर स्थापना गर्न महत्वपूर्ण योगदान पु¥याउने संस्थापक श्रेष्ठ परिवारका सदस्यहरूलाई विशेष सम्मान गरिएको छ । 

साथै, स्थानीय समाज, राजनीति र विकासको क्षेत्रमा अतुलनीय योगदान पु¥याउने ३३२ जना अग्रज व्यक्तित्वहरूलाई पनि नगरपालिकाले विशेष सम्मान गरेको जनाइएको छ । 

दिवस मनाउने तयारीका लागि नगरपालिकाले ‘इनरुवा डे (दिवस) कार्यक्रमको मापदण्ड, २०८३’ नै जारी गरेको थियो ।

नगर प्रमुख केदार भण्डारीले इनरुवाको ऐतिहासिक पहिचानलाई जोगाउन र भावी पुस्तालाई यसको इतिहास बुझाउन यो दिवसको सुरुवात गरिएको बताए । 

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ‘इनरुवा डे’ को उद्घाटन गरेका हुन् । 

कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य लालबिक्रम थापा, कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद मेहता, कांग्रेस नेता राजिव कोइराला लगायतको उपस्थिति रहेको थियो ।

View : 101

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved