Biratnagar, Morang, Nepal
२१ वैशाख २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

सशस्त्रलाई १७ लाखको सामग्री हस्तान्तरण

उद्‌घोष सम्वाददाता
१३ मंसिर २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेश सरकारले सशस्त्र प्रहरी बललाई करीव १७ लाख रूपैयाँ बराबरको उपकरण हस्तान्तरण गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार विपद् नियन्त्रणका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण गरेका हुन् । 

सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय इटहरीका प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदीलाई ती सामग्री हस्तान्तरण गरिएको हो ।

प्रदेश सरकारले उपलब्ध गराएको सामग्रीमा आगलागी नियन्त्रण गर्ने उपकरणहरू रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए ।

सामग्री हस्तान्तरणपछि मुख्यमन्त्री कार्कीले विपद् नियन्त्रणका लागि जनतासँगको सहयोग र सहकार्य आवश्यक हुने बताए ।

‘असारमा बाढी आउँछ त्यही बेला विपद् नियन्त्रणको काम गर्छौं, फागुन चैतमा आगलागी हुने मौसम सुरू हुन्छ, त्यही बेला आगो नियन्त्रणको लागि काम गर्छौं, यस्तो परिपाटी अन्त्य हुनुपर्छ’ मुख्यमन्त्री कार्कीले भने, ‘अब विपद् नियन्त्रणका लागि तीनै तहको सरकारहरूसँग समन्वय गरेर प्रविधिमा आधारित विपद् नियन्त्रणको काम गर्नुपर्छ ।’

View : 132

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved