विश्व हिन्दु महासंघ मोरङको छलफल
विराटनगर । विश्व हिन्दु महासंघ मोरङद्वारा शनिबार आयोजित एक छलफल कार्यक्रममा सहभागी वक्ताहरूले हिन्दु धर्मको मूल मर्म नै मानवता र परोपकारमा आधारित रहेको विचार व्यक्त गरेका छन्।
त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र सङ्कायका उपप्राध्यापक दिलीप भट्टराईले नयाँ पुस्तामा संस्कार र संस्कृतिप्रतिको लगाव घट्दै गएकोमा चिन्ता व्यक्त गरे। यसको समाधानका लागि आफ्ना सन्तानलाई सानैदेखि संस्कारित बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए।
छलफलका क्रममा प्राध्यापक महेन्द्रनारायण यादव, डा. कामेश्वर झा, जय महतो, राजन बराल, राजनीतिशास्त्री इन्दिरा प्रसाईं, डा. भविष्य मिश्र, साहित्यकार निर्मला कोइरालालगायतका वक्ताहरूले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने माग गर्नुभन्दा पनि पहिले आफू र आफ्ना परिवारमा हिन्दु संस्कार तथा संस्कृति पालना भइरहेको छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए।
विश्व हिन्दु महासंघ मोरङका अध्यक्ष डा. बाबुराम तिमल्सिनाले आफ्नो धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि निस्वार्थ र उदार भावनाका साथ लागी पर्नुपर्ने बताए।
View : 671
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved