Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

बाढी पहिरोबाट कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १५ पुग्यो

उद्‌घोष सम्वाददाता
१३ असोज २०८१, आइतवार

विराटनगर । बाढीपहिरोको कहरले आइतबार बिहानसम्ममा कोशी प्रदेशमा १५ जनाको मृत्यु भएको छ । अझै पनि ८ जना बेपत्ता रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पछिल्लो समय झापाको किस्ने खोलामा हामफालेर बेपत्ता बनेका गौरीगन्ज–२ का केमालाल राजवंशी मृत फेला परेका छन् । 

उदयपुरको रौतामाई–१ की १५ वर्षीया हिसिला तामाङलाई ओडारे खोलाले बगाउँदा उनको पनि मृत्यु भएको छ । 

यी दुई जनाको मृत्यु भएपछि कोशीमा मृतकको संख्या १५ पुगेको प्रहरीले जनाएको छ । 

कोशीमा हालसम्म सबैभन्दा धेरै पहिरोले ज्यान लिएको छ । पहिरोको कहरमा परेर हिमाली जिल्ला सोलुखुम्बु र पाँचथरमा ५–५ जनाले ज्यान गुमाएका छन् । 

पहिरोमै परेर धनकुटामा दुई जनाले ज्यान गुमाउँदा इलाममा बाढीले एक जनाको मृत्यु भएको छ ।

View : 256

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved