Biratnagar, Morang, Nepal
१३ मंसिर २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

एनवाईईएफ र एनएमबी बैंकबीच रणनीतिक सहकार्य

उद्‌घोष संवाददाता
१३ मंसिर २०८३, आइतवार

विराटनगर । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर र एनएमबी बैंक लिमिटेडबीच सदस्यलाई विशेष बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले रणनीतिक सहकार्य भएको छ  । 

सहकार्यअन्तर्गत एनवाईईएफ विराटनगरका सदस्यहरूका लागि विशेष सुविधा र बैंकिङ सेवासहितको  एनवाईईएफको ब्राण्डेड भिजा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याउने सम्झौता गरिएको हो ।

सम्झौतासम्बन्धी समझदारीपत्रमा एनवाईईएफ विराटनगरका अध्यक्ष रोमन कट्टेल र एनएमबी बैंक लिमिटेडका कोशी प्रदेश प्रमुख प्रकाश घिमिरेले हस्ताक्षर गरेका छन् । सो सहकार्यबाट एनवाईईएफका सदस्यले भिसा प्लाटिनम क्रेडिट कार्डमार्फत प्रिमियम बैंकिङ सुविधा तथा विशेष लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

एनवाईईएफ विराटनगरले सदस्यहरूलाई थप अवसर सिर्जना गर्ने, संस्थागत सम्बन्धलाई सुदृढ बनाउने तथा सदस्यका लागि थप मूल्य र सुविधा प्रदान गर्ने लक्ष्यसहित बैंकसँग सहकार्य गरेको जनाएको छ ।

View : 10

१३ मंसिर २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved