विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूसँग भर्चुअल माध्यमद्वारा आठ महिनाको कार्य सम्पादनको समीक्षा गरेका छन् ।
साथै आवश्यक निर्देशनसमेत दिएको कोशी प्रदेश प्रहरी कार्यालयले बताएको छ ।
बिहीबार भएको समीक्षामा कार्यसम्पादन सम्झौता बमोजिम साउन महिनादेखि फागुन महिनासम्म प्रहरी कार्यालयहरूद्वारा गरिएका कार्य प्रगति विवरण सम्बन्धी समीक्षा भएको हो ।
त्यस्तै प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट १४ वटै जिल्लाहरूको कार्यसम्पादनको तुलनात्मक प्रस्तुति गरेका थिए ।
समीक्षामा प्रदेश प्रहरी प्रमुख घिमिरेले फरार प्रतिवादी पक्राउ, स्थगित मुद्दा र चालु मुद्दाको फछर्यौट कार्यलाई प्रभावकारी रूपमा सम्पादन गरी लक्ष्य हासिल गर्न निर्देशन दिएका छन् ।
त्यसैगरी कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरू अनिवार्य कार्यान्वयन गर्नुपर्ने, सम्पूर्ण प्रहरी कर्मचारीले बिभागीय आदेश निर्देशनको पूर्णरूपमा पालना गरी कार्यान्वयन गर्नुपर्ने, जिल्लामा परिचालन हुने ग्रामीण तथा लामो गस्तीहरूको प्रभावकारीतामा बिशेष ध्यान दिने, प्रहरीले अनिवार्यरूपमा आम नागरिकको हरेक समस्याहरूमा अग्रणी भूमिका निर्वाह गरी नागरिक सेवामा खटिई समाजमा शान्ति सुरक्षा स्थापित गर्न निर्देशन दिएका छन् ।
View : 165
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved