Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जेनजी आन्दोलनमा जलाईयो दमकल

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगो नियन्त्रण गर्न हम्मेहम्मे

उद्‌घोष संवाददाता
११ चैत २०८२, बुधवार

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको अन्य पालिकाबाट पुगेका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

बुधबार बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार क्याफेको भान्साबाट आगलागी सुरु भएको हो । आगो लाग्नासाथ सुरक्षाकर्मी र स्थानीय निभाउन खटिएका थिए ।

“आगलागीको कारण र यसबाट भएको क्षतिको विवरण यकिन भएको छैन”, उनले भने ।

आगो निभाउन धरान, रामधुनी, इनरुवा, मोरङको विराटनगर र सुन्दरहरैंचाबाट बारुणयन्त्र (दमकल) मगाइएको थियो ।

बिहानको समयमा क्याफे बन्द रहेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक हमालले बताए ।

इटहरी नगरपालिकामा भएका दुईवटा दमकल जेनजी आन्दोलनका क्रममा जलाइएपछि अहिले इटहरीमा आगलागी नियन्त्रण गर्न चुनाैतिपूर्ण बनेको छ । नगरपालिकामा आगजनी गरेका प्रदर्शनकारीले दमकल समेत जनाइदिएपछि बढ्दो जनघनत्वको इटहरीमा आगलागी चुनाैतिपूर्ण बनेको हो ।

View : 113

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved