Biratnagar, Morang, Nepal
२३ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

नेकपा एस कोशीका सदस्य पोखरेल एमाले फर्किए

उद्‌घोष सम्वाददाता
२३ वैशाख २०८२, मङ्गलवार

विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश कमिटीका सदस्य मान सिंह पोखरेल एमालेमा फर्किएका छन् । 

संखुवासभाका पूर्व अध्यक्ष समेत रहेका पोखरेललाई विराटनगरस्थित एमाले पार्टी कार्यालयमा स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई लगायतका नेताहरूले स्वागत गरेका हुन् ।

पोखरेल नेकपा एमाले संखुवासभाको १५ बर्ष जिल्ला सचिवालय सदस्य भइसकेका छन् । 

शिक्षण पेशामा लामो समय काम गरेका पोखरेल शिक्षक संगठन संखुवासभाको दुई कार्यकाल अध्यक्ष समेत थिए । उनी नेकपा एसको गत चैत २८ गते घोषित प्रदेश कमिटीको सदस्य रहेका थिए ।

View : 121

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved