Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

दुई सय विद्यार्थीलाई माहेश्वरी महिला मञ्चको शैक्षिक सामग्री सहयोग

उद्‌घोष संवाददाता
८ असार २०८२, आइतवार

विराटनगर । माहेश्वरी महिला मञ्चले विराटनगर–६ स्थित जनचेतना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ । मञ्चले उक्त विद्यालयका एक सय ९८ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

उनीहरूलाई जुत्ता-मोजा, कपी-कलम लगायतका सामग्रीहरू एकैसाथ प्रदान गरिएको अध्यक्ष ललिता जाजूले जानकारी दिइन् । विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन प्रदान गर्न र उनीहरूको पढाइमा सहयोग पुर्याउन ती सामग्रीहरू दिइएको जाजूले बताइन् । शुक्रबार आयोजित कार्यक्रममा विराटनगर माहेश्वरी समाजका अध्यक्ष घनश्याम काबरा, अखिल भारत वर्षीय महेश्वरी महिला संगठन पूर्वाञ्चल उपाध्यक्ष गिरिजा सारडा, अखिल भारत वर्षीय महेश्वरी महासभाका सदस्य बजरंग बाहेती, अखिल भारत वर्षीय महेश्वरी युवा संगठनका संयुक्तमन्त्री विवेक, नेपाल माहेश्वरी परिषद पूर्वाञ्चल उपाध्यक्ष आनन्द जाजू, विराटनगर महेश्वरी युवा मञ्चका अध्यक्ष अजय राठी लगायतको उपस्थिति थियो । 

त्यस्तै कार्यक्रममा विराटनगर–६ का वडाध्यक्ष हरिश्चन्द्र(अक्षय) सहनी, जनचेतना आधारभूत विद्यालयका अध्यक्ष अमृत शाह, प्रधानाध्यापक रामप्रसाद गौतम, लक्ष्मी सनराइज बैंककी शाखा प्रबन्धक हीना थापा, कार्यक्रम संयोजक शीतल बाहेतीलगायतको उपस्थिति रहेको माहेश्वरी महिला मञ्चले जनाएको छ ।

View : 520

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved