Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

माओवादी प्रदेशको विभागीय प्रमुखमा पोखरेल

उद्‌घोष संवाददाता
२६ फागुन २०८१, सोमवार

Advertisement

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा पार्टीको न्याय, कानुन तथा मानव अधिकार विभागको प्रमुखमा तुलसी पोखरेललाई मनोनित गरेको छ ।

लामो समय नेकपा एमालेमा रहेका विराटनगर निवासी कानुन ब्यवसायी तथा निजी क्याम्पसका सञ्चालक पोखरेललाई पार्टीले आइतबार सो जिम्मेवारी तोकेको हो । 

माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र सचिव गणेश उप्रेतीले हस्ताक्षर गरेर प्रदेश कमिटी सदस्य तथा विभाग प्रमुखमा नियुक्त गरेका हुन् । 

पार्टीको मार्ग निर्देशन सिद्धान्त, माक्र्सवाद, लेनिनवाद माओवाद प्रति निष्ठावान रही आठौं महाधिवेशनले नेपालमा समाजवादको आधार तथा गनृ लिएको लक्षप्रति इमान्दारिताका साथ पूर्ण प्रतिवद्ध भई भूमिका निर्वाह गर्न पोखरेललाई पार्टीले आग्रह गरेको छ ।

View : 752

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved