विराटनगर । मुहर्रम पर्वको नाममा नक्कली हतियार बोकेर भिडियो सार्वजनिक गरी सर्वसाधारणलाई त्रसित बनाएको आरोपमा मोरङ प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रका अनुसार मुस्लिम समुदायको मुहर्र्म पर्व मनाउने क्रममा आम नागरिकलाई त्रसित र आतंकित बनाउने उद्देश्यले बन्दुक बोकेको भिडियो सार्वजनिक गर्ने विराटनगर-८ का २३ वर्षीय मो.इजराइललाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले खोजतलास गर्ने क्रममा आफ्नै घरबाट उक्त नक्कली हतियारसहित नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका युवकले नै नक्कली हतियार बोकेको दृश्यसहितको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए । उक्त गतिविधिले समाजमा भय र भ्रम सिर्जना गर्न सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले सामाजिक सद्भावमा असर पार्ने, डर त्रास फैलाउने वा हिंसात्मक गतिविधि झल्काउने सामग्री सामाजिक सञ्जालमा प्रसारण नगर्न आग्रह समेत गरेको छ ।
View : 307
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved