विराटनगर / ६९औं राष्ट्रिय सहकारी दिवसलाई मोरङका सहकारीकर्मीहरूले एकीकृत रूपमा कानेपोखरी गाउँपालिकाको रमाइलोमा शुक्रबार भव्य उत्सवका साथ मनाउने भएका छन् ।
सो समारोहलाई व्यवस्थित, सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि मोरङ जिल्ला सहकारी संघका अध्यक्ष एवम् कार्य सम्पादन समितिका संयोजक राकेश दाहालको अध्यक्षतामा बसेको बैठकले विभिन्न १२ वटा उपसमितिहरू गठन गरेको छ ।
मोरङका सम्पूर्ण सहकारीकर्मीहरूलाई एउटै थलोमा समेट्ने उद्देश्यका साथ कानेपोखरीलाई मुख्य केन्द्र तोकिएको हो ।
बैठकले राष्ट्रिय सहकारी दिवसको गरिमालाई उच्च राख्न -याली, झा“की, स्वास्थ्य सेवा र व्यवस्थापनका लागि छुट्टाछुट्टै जिम्मेवारी बाँडफाँट गरेको छ ।
राष्ट्रिय सहकारी दिवसको पूर्व सन्ध्यामा बिहीबार मोटरसाइकल -याली हुने र सोका लागि हरिप्रसाद कोइरालालाई संयोजक तोकिएको छ ।
यस्तै दिवसका दिनका लागि निकािलने -यालीका लागि त्रिभुनाथ फुयल संयोजक एवम् राजेश कार्की र कुमार फुयल सदस्यहरू छन् ।
स्वयंसेवक परिचालनमा देवेन्द्र थापा र स्वास्थ्य शिविर तथा आपतकालीन व्यवस्थापनमा यसोदा लिम्बूले नेतृत्व गर्नेछन् । अतिथिहरूको स्वागतका लागि कृष्णमाया विष्ट र आकर्षक मञ्च व्यवस्थापनका लागि राजेश कार्कीको समिति सक्रिय रहनेछ ।
आर्थिक व्यवस्थापनको जिम्मेवारी ई. कमलेश्वर ठाकुर र दिवसको व्यापक सञ्चार तथा प्रचारप्रसारका लागि विजय खतिवडाको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रचार प्रसार समितिका सदस्यहरूमा हरि कोइराला, अविनास निधी, एविन्द्र पाठक र रविन्द्र बराल छन् ।

यसका साथै खानेपानीमा कमला योञ्जन, पार्किङमा होमनाथ दवाडी, दीप प्रज्ज्वलनमा हिमप्रसाद तिम्सिना र झा“की प्रदर्शनमा गणेश राईले संयोजन गर्ने निर्णय भएको छ ।
सो दिवसलाई भव्य रुपमा मनाउन रमाइलो जनएकता सहकारी संस्थाले प्रमुख भूमिका निर्वाह गरिरहेको बताइएको छ ।
बैठकमा बोल्दै संयोजक दाहालले सहकारीको शक्ति र एकता प्रदर्शन गर्न यो दिवस कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । जिल्लाभरका सहकारी संस्थाहरूको उत्साहजनक सहभागिता रहने यस कार्यक्रमले कानेपोखरीको पहिचानलाई समेत थप उचाइमा पु-याउने अपेक्षा गरिएको छ ।
View : 374
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved