Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रेस चौतारी कोशीको महासचिवमा भण्डारी

उद्‌घोष संवाददाता
६ पुष २०८१, शनिवार

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेशको महासचिवको जिम्मेवारी पत्रकार बाबुराम भन्डारीले प्राप्त गरेका छन् । चौतारी केन्द्रीय समितिले विराटनगरका पत्रकार एवं चौतारीका प्रदेक कमिटीका सदस्य भण्डारीलाई प्रदेश महासचिवमा चयन गरेको हो ।

तत्कालीन महासचिव  गोपाल झापालीले  राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

चौतारीको विधान २०५५ (सातौ संशोधन, २०७८) को धारा ७ को २५ (क) मा भएको व्यवस्था भए अनुसार उनको राजीनामा स्वीकृत गर्दै केन्द्रले स्वीकृत गर्दै विधान अनुसार प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको अधिवेशन नहुँदा सम्मका लागि महासचिव पदमा भण्डारीलाई जिम्मेवारी तोकिएको केन्द्रीय महासचिव हिरामान लामाले जनाएका छन् । 

केन्द्रले शुक्रबार कोशी प्रदेश समितिलाई यसबारे जानकारी पत्र पठाउदै  प्र्देश इन्चार्ज  विक्रम लुइँटेल र प्रदेश अध्यक्ष अविजाल विष्टलाई  बोधार्थ दिएको छ। नवनियुक्त महासचिव भण्डारी उद्घघोष दैनिकका पत्रकार हुन् ।

View : 384

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved