विराटनगर । देशका विभिन्न भागमा मौसममा व्यापक गडबढी भएसँगै हवाई उडान पूर्णरुपमा प्रभावित भएको छ । ११९ किमि प्रतिघण्टासम्मको हावाहुरीको चेतावनीबीच राजधानी काठमाडौंमा असिनापानी परेपछि अहिले नेपाली आकाश जहाज उडेका छैनन् ।
मौसममा आएको अचानक परिवर्तनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका कुनैपनि आन्तरिक विमानस्थलबाट जहाज उडेका छैनन् । सवै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।
जहाज उडान अवतरणका लागि हावाको गति र कम भिजिविलिटी प्रमुख चुनौति बनेको जनाइएको छ ।
जसका कारण उडान सुरक्षामा जोखिम बढेको भन्दै त्रिभुवन विमानस्थलमा कुनैपनि जहाजहरूलाई अवतरण भएका छैनन् । विभिन्न ठाउँबाट आएका जहाजहरु डाइभर्ट भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले देशका तराई तथा पहाडी क्षेत्रहरूमा तीव्र हावाहुरी, मेघगर्जन र असिनापानीको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी कोशी प्रदेशसहितका क्षेत्रमा हावाहुरीको जोखिम उच्च रहेको बताइएको छ ।
विमानस्थल स्रोतका अनुसार खराब मौसमका कारण केही समय नेपाली आकाशमा कुनै पनि जहाज नउड्ने अवस्था सिर्जना भएको हो । यसले यात्रुहरूलाई विमानस्थलमै रोकिनु पर्ने अवस्था आएको छ । उडान तालिकामा समेत अवरोध पुगेको छ ।
मौसममा सुधार आएपछि मात्रै उडान सञ्चालन हुने जनाइएको छ । यसबीच सम्बन्धित निकायहरूले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेका छन् ।
View : 125
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved