विराटनगर । विराटनगर हार्डवेयर संघको पाँचौ साधारणसभाले भानुभक्त पौडेलको अध्यक्षतामा पन्ध्र सदस्यीय नयाँ समिति चयन गरेको छ ।
शनिबार विराटनगरमा सम्पन्न साधारणसभाबाट गठित समितिको प्रथम उपाध्यक्ष कमल अग्रवाल, द्वितीय उपाध्यक्ष देवीप्रसाद पोखरेल, महासचिव जितेश कोइराला, सचिव भरत खेतान र कोषाध्यक्षमा अनन्त निरौला छन् ।
यसैगरी समिति सदस्यहरूमा मणिराज प्रसाईं, गोविन्द अग्रवाल, अमित सिंघल, लक्ष्मीप्रसाद बराल, राजु श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद भट्टराई, मुकुल दाहाल, जीवन खड्का र राकेश अग्रवाल छन् ।
साधारणसभाकै अवसरमा प्रमोदकुमार अग्रवाल (जिन्दल) को नेतृत्वमा रहेको समितिले नवगठित समितिलाई जिम्मेवारी हस्तान्तरण समेत गरेको छ ।
अध्यक्ष भानुभक्त पौडेलले पदभार ग्रहण गर्दै हार्डवेयर व्यवसायीहरूको हकहित र अधिकारका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले व्यावसायिक क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरूलाई सामना गर्दै संघलाई थप संगठित र प्रभावकारी बनाउने दृढतासमेत प्रकट गरे ।
आगामी दुई वर्षको कार्यकालमा हार्डवेयर क्षेत्रको व्यावसायिक सुरक्षा र मर्यादालाई उच्च प्राथमिकतामा राख्ने नवगठित समितिको लक्ष्य लिएको छ ।
View : 253
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved