विराटनगर । विराटनगर सफायर राउण्ड टेबल १८ ले मोरङको जहदास्थित रामजानकी आधारभूत विद्यालयमा निर्माण गरेको तीन वटा कक्षाकोठा भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
राउण्ड टेबल नेपालको सहयोगमा १९ लाखको लागतमा निर्माण गरेको कक्षाकोठा भवन हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।
नवनिर्मित कक्षाकोठाले झण्डै एक सय विद्यार्थीहरूलाई सुरक्षित, सहज र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने क्लबका अध्यक्ष श्रीधर काबराले बताए ।
उनका अनुसार, हस्तान्तरण कार्यक्रममा राउण्ड टेबल नेपालका अध्यक्ष सुमित मित्तल, उपाध्यक्ष साकेत मुरारका, जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साहका साथै शिक्षक, अभिभावक, विद्यार्थी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रको सुधारका लागि यस्ता सामाजिक पहलहरू महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए ।
View : 111
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved