Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

‘खेतबारी नराखौँ बाँझो,अन्नबाली फलाउँ मिलाइ चाँजोपाँजो’

उद्‌घोष संवाददाता
१ असोज २०८१, मङ्गलवार

Advertisement

अत्तरिया, १ असोज ।  सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ‘खेतबारी नराखौँ बाँझो, अन्नबाली फलाउँ मिलाई चाँजोपाँजो’ अभियान सञ्चालन गर्ने भएको छ ।

सोमबार प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा उक्त कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । 

प्रदेशका पहाडी भेगमा जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहन गर्न तथा बाँझो जग्गाको उपयोग गरी फलफूल, तरकारी, मसलाखेती, घाँस खेती गर्न लगाउन सो अभियान सञ्चालन गरिने मन्त्री थापाले जानकारी दिए।

उनले प्रदेशमा व्यावसायिक तरकारी खेती र आधुनिक प्रविधियुक्त स्याउ, ओखर, केरा, किवी, फलफूलका बगैँचा स्थापना गरिने बताए । मन्त्री थापाले बागबानी क्षेत्रका लागि २३ करोड ६९ लाख विनियोजन गरिएको बताए ।

‘दुग्धजन्यपदार्थ तथा रैथाने बालीमा आधारित मुख्यमन्त्री वृद्धवृद्धा लक्षित पोषण कार्यक्रम’का लागि पाँच करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

उक्त कार्यक्रम आवश्यक कार्यविधि तर्जूमा गरी कार्यन्वय गरिने उनको भनाइ छ ।

मन्त्री थापाले यसको कार्यान्वयनबाट सुदूरपश्चिमको संस्कार तथा बुवाआमाको हेरचाह भावनाले सार्थकता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रमबाट सुदूरपश्चिमको परम्परागत बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरण भई पोषणयुक्त खाद्यान्नको प्रयोगमा बढोत्तरी हुने अपेक्षा गरिएको मन्त्री थापाले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आवका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ ।

अघिल्लो सरकारले गत असार १ गते ल्याएको बजेट पारित हुन नसकेपछि सोमबार सरकारले दोस्रो बजेट प्रस्तुत गरेको हो ।

सरकारले बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन लगायतलाई प्राथमिकतामा राखेको छ ।

अघिल्लो सरकारका आर्थिक मामिलामन्त्री सुरेन्द्र पालले गत असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ बराबरकै बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए । रासस

View : 331

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved