Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

एभरेष्टमा ‘हृयापीनेश पाठयक्रम’

उद्घोष सम्वाददाता
३ वैशाख २०८१, सोमवार

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले कोशी प्रदेशमा पहिलो पटक हृयापीनेश पाठयक्रम शुरु गरेको छ । चालु शैक्षिक सत्र २०८१ देखि एभरेष्टले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरी सो पाठयक्रम शुरु गरेको हो ।

पाठ्यक्रम पठनपाठनअघि स्कुलले शिक्षक शिक्षिकाहरूलाई २ दिने कार्यशाला शुरु गरेको छ ।

आइतबार कार्यशालाको उद्घाटन कार्यक्रममा प्राचार्य टीकाराम पुरीले कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलले हृयापीनेश पाठयक्रम शुरु गरेको बताए ।

उनले चालु शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म शुरु गरिएको बताए । प्राचार्य पुरीले हृयापीनेश पाठयक्रम स्थानीय सरकारको प्राथमिकताभित्र पर्न आवश्यक रहेकोमा जोड दिए ।

एभरेष्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष विनोद ढकालले आगामी शैक्षिक क्षेत्रमा एभरेष्टले नयाापन दिन खोजेको बताए ।

दुई दिने कार्यशालाको सहजीकरण विज्ञहरू श्रवणकुमार शुक्ला र रामप्रसाद पाण्डेले गर्ने विद्यालयले जनाएको छ । शुक्ला भारतको नयाा दिल्लीमा हृयापिनेश पाठयक्रमको अवधारणा विकास गर्ने मध्येका एक हुन् ।

पाण्डे नेपालमा पहिलो पटक हृयापीनेश फाठयक्रम शुरु गर्ने व्यत्ति हुन् । उनले नवलपुरमा रहेको आफ्नो विद्यालयबाट हृयापीनेश करिकुलम शुरु गरेका थिए ।

View : 121

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved