ग्राहक बन्नका लागि
काठमाडौँ, २३ भदौ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा ४५ ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ५० निर्धारण भएको छ । रासस
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved