Biratnagar, Morang, Nepal
२५ साउन २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

अरनिकोमा ज्ञानसँगै संस्कारलाई शिक्षाको आधार बनाउने सन्देशसहित वक्तृत्वकला सम्पन्न

उद्‌घोष संवाददाता
२४ साउन २०८३, आइतवार

Advertisement

विराटनगर । विद्यार्थीमा ज्ञानसँगै संस्कार, आत्मविश्वास र प्रभावकारी अभिव्यक्ति क्षमता विकास गर्ने उद्देश्यले विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयमा ‘ज्ञानसँगै संस्कार : आजको शिक्षाको प्रमुख आधार’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

शनिबार आयोजित सो प्रतियोगितामा समीक्षा पौडेल प्रथम भएकी छन्।

 

प्रतियोगितामा प्रिन्स कार्की द्वितीय भएका छन् भने अग्रिमा कार्की र कविताकुमारी यादव संयुक्त रूपमा तृतीय स्थान हासिल गरेका छन्।May be an image of one or more people, people studying, childrens toy and text

यसैगरी, ओसन श्रेष्ठ र जुहेली उप्रेतीले सान्त्वना स्थान प्राप्त गरेका छन्।

 

विजयी विद्यार्थीहरूलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।

 

प्रतियोगिताको पहिलो चरणमा ६५ विद्यार्थी सहभागी भएका थिए भने पहिलो चरणबाट उत्कृष्ट ३० विद्यार्थी छनोट भई अन्तिम चरणको प्रतिस्पर्धामा पुगेका थिए, जहाँ उनीहरूले निर्धारित विषयमा आफ्ना भावना, विचार, तर्क र अभिव्यक्ति प्रस्तुत गरेका थिए।

विद्यालयका निर्देशक भरतराज दाहालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्राचार्य राजेश कार्की र निर्देशक डा. भविन्द्र निरौलाको उपस्थिति थियो।

शिक्षक तथा अतिरिक्त क्रियाकलाप संयोजक विमल भट्टराईले स्वागत मन्तव्य राख्दै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, स‌ंस्कार  र सिर्जनशीलता विकास गर्न सकिने बताए।

 

प्रतियोगिताको निर्णायक मण्डलमा पत्रकार विजयहरि खतिवडा र कवि एवं पत्रकार मीनकुमार नवोदित थिए भने कार्यक्रमको सञ्चालन कक्षा १२ मा अध्ययनरत विद्यार्थी महिमा दाहाल र निबिसा यादव तथा समयपालक अमिसा साहले गरेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले शिक्षा केवल पाठ्यपुस्तक र परीक्षामा सीमित नभई संस्कार, व्यवहार, अनुशासन र सामाजिक जिम्मेवारीसँग जोडिनुपर्ने धारणा व्यक्त गरेका छन्।

नियमित पठनपाठनसँगै यस्ता गतिविधिले विद्यार्थीमा सार्वजनिक रूपमा आफ्ना विचार राख्ने क्षमता, तार्किक सोच, नेतृत्वदक्षता र सामाजिक विषयप्रतिको चासो बढाउन सहयोग पुग्ने विद्यालयको भनाइ छ।

View : 118

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved