विराटनगर । विराटनगरस्थित मोरङ जिल्ला कारागारमा प्रवेश गर्ने क्रममा दुई युवतीले भित्री बस्त्रमा लुकाएर ल्याएको ४८० थान लागुऔषध बरामद भएको छ ।
विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङबाट लागुऔषध बरामद भएको हो । प्रहरीका अनुसार उनीहरु दिदीबहिनी हुन् ।
कारागारको मुख्य प्रवेशद्वारमा बिहीबार दिउँसो साढे १२ बजे जाँच गर्ने क्रममा उनीहरूले भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाएर ल्याएको अवस्थामा हरियो रङका २४० थान र सुन्तला रङका २४० थान ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।
बरामद लागुऔषधसहित दुवै महिलालाई आवश्यक कारबाहीका लागि दिउँसो करीव १ बजे कारागारमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको जनाइएको छ ।
View : 66
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved