Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराट राजवंशी समाजमा  पुनः भुवनेश्वर

उद्‌घोष संवाददाता
११ जेठ २०८३, सोमवार

विराटनगर । विराट राजवंशी समाज उत्थान समितिको  अध्यक्षमा पुनः भुवनेश्वर मण्डल राजवंशी चयन भएका छन् । 

सो समाजको २५ औं साधारणसभा तथा ८ औं केन्द्रीय अधिवेशनबाट नवगठित १६ सदस्यीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको आइतबार प्रमाणपत्र वितरण तथा सपथग्रहण सम्पन्न भएको छ । 

कटहरी गाउँपालिका–१ का वडाध्यक्ष हरि राजवंशीको प्रमुख आतिथ्यता तथा निर्वाचन समितिका संयोजक आशिराम राजवंशीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

नवगठित समितिको वरिष्ठ उपसभापतिद्वयमा प्रदिपकुमार विश्वास र दीपनारायण राजवंशी, उपसभापति मीना राजवंशी, महासचिव सिधुलाल राजवंशी, सचिव बनेसलाल राजवंशी र कोषाध्यक्षमा मायाराम राजवंशी छन् । 

त्यसैगरी सदस्यहरूमा जवाहरलाल राजवंशी, तेजनारायण राजवंशी, देवनारायण राजवंशी, सम्तली राजवंशी, रामदेव राजवंशी, पन्नालाल राजवंशी, नुतन राजवंशी, मञ्जु राजवंशी र रञ्जना राजवंशी छन् ।

सपथग्रहण कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष हरि राजवंशी तथा निर्वाचन संयोजक आसिराम राजवंशीले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए । 

उनीहरूले राजवंशी समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक उत्थानका लागि नयाँ समितिले आगामी दिनमा अझ सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

View : 303

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved