नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीले पुरिएको घरभित्रबाट बेत्रावतीमा एक वृद्धाको जीवितै उद्दार सफल भएको छ ।
बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको पुरिएको घरभित्रबाट सशस्त्र प्रहरीको टोलीले ती वृद्धाको जीवितै उद्दार गरेको हो ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घरभित्र पुरिएकी वृद्धाको उद्धार गरी बाहिर निकालिएको हो । उद्दारका क्रममा उनी अचेत अवस्थामा रहेकी थिइन् ।
उद्धार गरिएकी वृद्धाको स्वास्थ्य परीक्षणपछि मात्रै उनको अवस्थाबारे यकिन जानकारी हुने डीएसपी थापाले बताए । उनका अनुसार उद्धार गरिएकी वृद्धाको नाम र वतनसमेत खुल्न सकेको छैन ।
भोटेकोशी बाढीपछि बेत्रावती क्षेत्रमा पुरिएका घर तथा संरचनामा खोजी तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
View : 46
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved