Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

लेखक संघ मोरङमा शुभलक्ष्मी लम्साल

उद्‌घोष संवाददाता
२२ माघ २०८२, बिहिवार

विराटनगर । नेपाली लेखक संघ मोरङको भेलाले नयाँ कार्यसमिति चयन गरेको छ। संघको बुधबार सम्पन्न भेलाले शुभलक्ष्मी लम्सालको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमितिमा उपाध्यक्ष चूडामणि नेपाल ‘अकिञ्चन’, सचिव लक्ष्मी पोखरेल र कोषाध्यक्ष राधा भट्टराई छन् ।

समितिका सदस्यहरूमा प्राडा जीवनकुमार  ढकाल, डा अच्युतराज कट्टेल, मुनाल पोखरेल, निर्मला सुवेदी, पुष्पा सायरा, अञ्जु पराजुली ‘अश्रु’ र विभूतिराज कोइराला छन्।

नवगठित कार्यसमितिले मोरङ जिल्लामा नेपाली साहित्यको प्रवर्द्धन, सिर्जनात्मक लेखनको विकास, लेखक–स्रष्टाबीच आपसी सहकार्य विस्तार तथा साहित्यिक गतिविधि थप सक्रिय बनाउने लक्ष्य राखेको अध्यक्ष लम्सालले बताइन्।

उनले यसैगरी नयाँ पुस्ताका लेखकलाई प्रोत्साहन गर्ने, नियमित रूपमा साहित्यिक बहस तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

View : 682

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved