विराटनगर । विराटनगर महानगरपालिका र हलेसी महिला सशक्तीकरण सेवा केन्द्रको संयुक्त आयोजनामा सञ्चालित बेहुली जुत्ती चप्पल बनाउने तालिम बुधबार सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा विराटनगर–८ का वडाध्यक्ष राम पोखरेलले तालिममा सहभागीहरूलाइ प्रमाणपत्र वितरण गर्दै तालिमबाट पाएको सीपलाई सदुपयोग गर्न आग्रह गरे ।
संस्थाकी अध्यक्ष सीता बरालको सभापतित्वमा भएको सो कार्यक्रममा जेष्ठ नागिक महिला ज्ञानु अधिकारी र एकल महिला मुना भुजेललाई सम्मान गरिएको थियो ।
२० दिने सो तालिमका सहभागीहरूले ढाका र मखमलका विवाह, पार्टी र बेहुलीले लगाउने र अन्य समयमा पनि लगाउन मिल्ने खालका जुत्ती र चप्पलहरू बनाउन सिकेका थिए ।
सहभागीहरूलाई मालती आचार्य र स्वेता अधिकारीले प्रशिक्षण दिएका थिए । तालिलमा १५ जना महिला सहभागी भएका थिए ।
View : 123
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved