विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तथा शाखाहरूलाई पुरस्कृत गरेको छ ।
वार्षिक पुरस्कार वितरण समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई सुन, चाँदीका मेडल र प्रशंसापत्रसहित पुरस्कृत गरिएको हो ।
यस वर्षको गरिमामय ‘जीवन विकास गोल्डेन अवार्ड’ शाखा प्रमुख अनिलकुमार साहले प्राप्त गरे ।
उत्कृष्ट कार्यसम्पादन गरेबापत साहलाई संस्थाका संस्थापक योगेन्द्र मण्डलले सुनको मेडल र अवार्ड प्रदान गरे ।
कार्यक्षेत्रमा देखाएको असाधारण बहादुरीको कदर गर्दै संस्थाले मुकेशकुमार साह सुडीलाई ‘जीवन विकास साहसी अवार्ड’ प्रदान गरेको छ ।
संस्थाको बलाहा शाखामा भएको आक्रमणको समयमा उनले संस्थाको सम्पत्ति र सामग्री जोगाएका थिए । उनलाई संस्थापक मण्डलले १० तोला चाँदीको मेडल र प्रमाणपत्र प्रदान गरे ।
संस्थाका देशभरमा रहेका १६० शाखाहरूमध्ये कार्यसम्पादनका आधारमा रामचोक शाखा प्रथम, सिमरिया शाखा दोस्रो र राजविराज शाखा तेस्रो भएका छन् ।
उत्कृष्ट शाखाका टिमहरूलाई प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले पुरस्कृत गरे ।
जीवन विकासले उत्कृष्ट शाखा प्रमुखतर्फ सन्तोष अधिकारी, सञ्जयकुमार मरवैता र राजकुमार मण्डललाई पुरस्कृत गरेको छ ।
पुरस्कृत शाखा प्रमुखलाई संस्थाका सञ्चालक इन्द्रनारायण देवले चाँदीको मेडल र प्रशंसापत्र प्रदान गरे ।
यसैगरी जिल्ला प्रमुखतर्फ सुजनकुमार मण्डल, किशोरकुमार साह र जिसु हास्दा उत्कृष्ट भएका छन् । उनीहरूलाई संस्थाका सञ्चालक प्रकाशकुमार श्रेष्ठले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
संस्थाले २० वर्षदेखि अविछिन्न सेवा पु¥याउने १० जना कर्मचारीहरूलाई विशेष सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा सावित्रीदेवी श्रेष्ठ, दोयम प्रधान, रिता घिमिरे, रामनारायण यादव, सन्तोष कुँवर, शिवप्रसाद मण्डल, बाबुराम राजवंशी, बसन्त चौधरी, विनोदप्रसाद साह र सूर्यनारायण मण्डल छन् ।
फिल्डमा खटिएर उत्कृष्ट नतिजा दिने फिल्ड म्यानेजर गोबिन्द मण्डल, बिमला पोखरेल र दीपक मण्डललाई चाँदीको मेडलसहित पुरस्कृत गरिएको छ ।
त्यस्तै, उत्कृष्ट सहयोगी कर्मचारी विधामा ईश्वर राई, प्रियङ्काकुमारी सरदार र सनितकुमारी माझी पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै जीवन विकासका संस्थापक तथा पूर्वसांसद योगेन्द्र मण्डलले जीवन विकासले लघुवित्त क्षेत्रमा आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको बताए ।
उनले तीनवटा प्रदेशमा आफ्नो प्रभाव विस्तार गरिसकेको जीवन विकासले मानुषी र युनिक नेपालसँग मर्जरपछि देशव्यापी पहुँच विस्तार गर्ने बताए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले सामूहिक प्रयासबाट जीवन विकासले सदस्यको जीवनस्तर उकास्न योगदान गरिरहेको बताए ।
लघुवित्त क्षेत्रमा जीवन विकासको पहिचान फरक र छुट्टै रहेको बताउँदै लघुवित्तसँगै सामाजिक सेवालाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए ।
View : 174
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved