सुन्दरहरैंचा । सुन्दरहरैँचा–१० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा विद्यालयस्तरीय नमूना निर्वाचन सम्पन्न भएको छ ।
विद्यार्थीहरूलाई नेपालको निर्वाचन प्रक्रिया र लोकतान्त्रिक अभ्यासबारे व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले जुनियर(कनिष्ठ) तथा सिनियर (वरिष्ठ) स्कुल क्याप्टेन चयनका लागि सो निर्वाचन गरिएको हो ।
निर्वाचनमा कक्षा ६ देखि १० सम्मका करिब १ हजार १ सय विद्यार्थीहरूले उत्साहजनक रूपमा मतदान गरे ।
वास्तविक आम निर्वाचनको झल्को दिने गरी विद्यालय परिसरमा २२ वटा मतदान केन्द्र निर्माण गरिएका थिए ।
निर्वाचनलाई व्यवस्थित बनाउन मतदाता नामावली, मतदान अधिकृत, मतपेटिका र स्वयम्सेवकको समेत व्यवस्था गरिएको थियो ।
विद्यालयका संस्थापक प्राचार्य अर्जुन बस्नेतले पाठ्यपुस्तकको ज्ञानसँगै विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीबोध गराउन यो व्यवहारिक अही दिनदेखि चुनावी प्रचारप्रसारमा होमिएका विद्यार्थीहरूले यस अभ्यासबाट मतदानको महत्त्व र नेतृत्व चयन प्रक्रियाबारे धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिएका छन् ।
मतदान सम्पन्न भइसकेको र मतगणना पछि विजयी उम्मेदवार घोषणा गरिने विद्यालयले जनाएको छ ।
आगामी दिनमा पनि यस्ता जीवन उपयोगी र सिर्जनात्मक शिक्षालाई निरन्तरता दिइने विद्यालय प्रशासनको भनाइ छ ।
View : 150
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved