विराटनगर । इलाम क्षेत्र नम्बर १ मा निश्कल राई निर्वाचित हुँदै नेपाली कांग्रेसलाई प्रत्यक्षतर्फ १८ सिटमा पुर्याएका छन् ।
उनले श्रम संस्कृति पार्टीका विनोद नेम्वाङलाई ९११ मतले पराजित गरेका हुन् ।
भर्खरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कांग्रेसका राईले १४ हजार ५४३ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृतिका नेम्वाङले १३ हजार ६३२ मतमा रोकिएका हुन् ।
सुरुवाती अग्रता बनाउँदै आएका नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत ल्याएर तेस्रो स्थानमा सिमित भएका छन् ।
इलाम १ मा रास्वपाका विमल गदालले भने ९ हजार १६० मत पाएका हुन् ।
नेकपाका रन बहादुर राईले ७ हजार ६६५ पाएका छन् ।
View : 63
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved