विराटनगर .। विराटनगरमा आयोजित ‘नवरङ डान्डिया नाइट २०२६’ भव्यरुपमा सम्पन्न भएको छ ।
मारवाडी महिला मञ्च, विराटनगर र मारवाडी युवती मञ्च, विराटनगरको संयुक्त आयोजनामा ‘नवरङ डान्डिया नाइट भएको हो ।
चाडपर्वको उल्लासलाई थप रमाइलो बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा संगीत, डान्डिया नृत्य, स्वादिष्ट परिकार तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि समावेश गरिएको थियो ।
कार्यक्रममा भारतको कोलकाताबाट आएका डीजे ब्राटले आकर्षक संगीत तथा डान्डिया बिट्समार्फत सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए ।
यसका साथै कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधि र आकर्षक सरप्राइजसमेत राखिएको आयोजकले जनाएको छ ।
यसैबीच आयोजक मारवाडी महिला मञ्च, विराटनगर र मारवाडी युवती मञ्च, विराटनगरले ‘नवरङ डान्डिया नाइट २०२६’ सफल बनाउन सहयोग गर्ने प्रायोजक, साझेदार, सदस्य तथा सहभागीहरूप्रति आभार व्यक्त गरेका छन् ।
दुवै संस्थाले जारी गरेको धन्यवाद सन्देशमार्फत कार्यक्रमलाई भव्य र सफल बनाउन सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका हुन्।
आयोजकले प्रायोजक, साझेदार तथा सदस्यहरूको अमूल्य सहयोग, समर्पण र योगदानले कार्यक्रमलाई स्मरणीय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको जनाएका छन्।
त्यसैगरी, कार्यक्रममा सहभागी भई उत्साह, उमङ्ग र खुसी साटासाट गर्ने सम्पूर्ण आगन्तुक तथा डान्डिया प्रेमीहरूप्रति पनि आयोजकले धन्यवाद दिएका छन्।
सहभागीहरूको उपस्थिति, आपसी सहकार्य र उत्साहले कार्यक्रमलाई थप विशेष बनाएको उल्लेख गर्दै आयोजकले यस सफलताको श्रेय सबै सहयोगी र सहभागीलाई दिएका छन्।
View : 102
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved