Biratnagar, Morang, Nepal
५ चैत २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

राष्ट्रिय परिचयपत्रसँग आबद्ध हुँदै स्वास्थ्य बीमा

उद्‌घोष संवाददाता
४ चैत २०८२, बुधवार

विराटनगर । स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ । 

राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा जोड्ने गरी दुई निकायबीच सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । 

सम्झौतापछि स्वास्थ्य बीमा बोर्डले ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मार्फत् आफ्ना विद्युतीय सेवा सञ्चालन गर्नेछ । यसले नागरिकको पहिचान डिजिटलरूपमा प्रमाणीकरण गर्ने व्यवस्था सुनिश्चित गर्नेछ ।

राष्ट्रिय परिचय नम्बरलाई बीमासँग जोड्दा सेवा थप सुरक्षित, छिटो र भरपर्दो हुने विश्वास गरिएको छ । यससँगै बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट कम हुने जनाइएको छ । अब सेवाग्राहीले परिचयपत्रमा भएकै विवरणका आधारमा छिटो सेवा पाउनेछन् ।

यस व्यवस्थाले तथ्यांक एकीकरणमा सहयोग पुर्याउनुका साथै एउटै व्यक्तिको दोहोरो दर्ता हुने समस्यालाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

सरकारी सेवा एकीकृत गर्ने लक्ष्यअनुसार गरिएको यो सहकार्यले स्वास्थ्य बीमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ । 

साथै, यसले ‘डिजिटल नेपाल’ अभियानलाई समेत टेवा पुर्याउने देखिएको बताइएको छ ।

View : 39

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved