Biratnagar, Morang, Nepal
१५ साउन २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

उदयपुरको कटारीमा खहरे खोलामा डुबेर तीन बालकको मृत्यु

उद्‌घोष संवाददाता
१४ साउन २०८३, बिहिवार

Advertisement

उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ हडैयास्थित खहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एकै घरका दाजुभाईसहित तीन बालकको ज्यान गएको छ ।

कटारी नगरपालिका-३ का ७ वर्ष र ११ वर्षका दाजुभाइ तथा उनीहरूका ८ वर्षीय नातेदार बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कटारी र सशस्त्र प्रहरी बल नेपाल कटारीको संयुक्त टोलीले खोजी गर्ने क्रममा बिहीबार साँझ साढे ५ बजेतिर खहरेको खाडीमा डुबेको अवस्थामा मृत फेला पारेको जनाइएको छ ।

उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको भए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन् ।

मृतकहरूको शव हाल प्रादेशिक अस्पताल कटारीको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीले जानकारी दिएको छ ।

View : 43

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved