विराटनगर । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विराटनगर–३ स्थित पोखरिया माविले विदाई गरेको छ ।
विदाईका अतिरिक्त ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमको आयोजना गरी उनीहरूको बृत्तिविकासका लागि मार्गनिर्देशन समेत गरिएको जनाइएको छ ।
कार्यक्रममा नोवेल मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. राजेज नेपाल, राष्ट्रिय वाणिज्य बैंक कोशी प्रादेशिक कार्यलयका उपप्रमुख वरुण कर्ण, पुर्वाञ्चल इन्जिनियरिङ कलेज धरानका सहायक प्राध्यापक प्रसन्न रेग्मी र विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले विद्यार्थीहरुलाई आ–आफ्नो रुचीको शैक्षिक क्षेत्रमा सक्रिय भई भविष्य निर्माण गर्न आग्रह गरेका थिए ।
पोखरिया माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष वुद्धि प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले पोखरिया माविका शिक्षक र विद्यार्थीबीचको शैक्षिक सम्बन्धले गर्दा विद्यालयले हरेक क्षेत्रमा राम्रो नतिजा हाँसिल गर्न सकेको बताए ।
View : 110
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved