Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
साहित्य

दाहालको ‘नेपालदर्पण’ महाकाव्य लोकार्पण

उद्‌घोष संवाददाता
१३ जेठ २०८३, बुधवार

Advertisement

सुन्दरहरैंचा । कवि तथा साहित्यकार केशवप्रसाद दाहालद्वारा रचित ‘नेपालदर्पण’ महाकाव्यको एक भव्य समारोहबीच लोकार्पण गरिएको छ । 

धरानको पिण्डेश्वर विद्यापीठमा आयोजित महाकाव्य लोकार्पण कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पण्डित पुरुषोत्तम भट्टराईले महाकाव्यले नेपालको इतिहास, अध्यात्म, राष्ट्रभावना तथा सांस्कृतिक चेतनालाई कलात्मक ढङ्गले प्रस्तुत गरेको उल्लेख गरे  । 

महाकाव्यमा २२ सर्ग र ५३७९ श्लोक संग्रहित महाकाव्यबारे उपप्राध्यापकद्धय डा. दीपकप्रसाद न्यौपाने र डा. दिवाकर रेग्मीले समीक्षा गरेका थिए । 

समीक्षकहरूले अध्यात्म दर्शन, भक्ति चेतना तथा राष्ट्रभक्तिको बेजोड संयोजन रहेको यो कृति ऐतिहासिक चेतना र परिष्कृत शास्त्रीय कवित्वका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए । 

समारोहमा बोल्ने वक्ताहरूले ‘नेपालदर्पण’ दर्शन, समाजविकास र बहुआयामिक नेपाली ऐतिहासिकताको कलात्मक प्रतिबिम्ब भएको उल्लेख गर्दै विचार, भाव र कलाको विशिष्ट संयोजनका कारण यो कृति नेपाली साहित्यमा विशिष्ट उपलब्धिका रूपमा स्थापित हुने धारणा व्यक्त गरेका थिए । 

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष प्रा.डा.भीमप्रसाद खतिवडा, साहित्यकार मेदिनीप्रसाद बराल, अमृतप्रसाद आचार्य, प्रेमप्रसाद भट्टराई, वासुदेव भण्डारी, लक्ष्मी खरेल, लोकगायिका अम्बिका दबाडी, प्रा.डा. रमेश घिमिरे, प्रा.डा.भरत भट्टराई, प्रा.डा. वंशीधर कट्टेल, प्राध्यापक तोयराज कोइराला, प्रा.डा.खेम खनाल, प्रा.डा.सागरमणि सुवेदी, सहप्राध्यापक डा.महानन्द तिमिल्सिनालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ‘नेपालदर्पण’ का रचनाकार महाकवि दाहाललाई विद्यापीठका तर्फबाट सम्मानपत्र सहित सम्मान गरिएको थियो । 

साथै, पुस्तक लेखन, मुद्रण तथा प्रकाशनमा प्रेरणा एवं सहयोग पु¥याउने विभिन्न व्यक्तिलाई ‘उत्प्रेरक सम्मान’ प्रदान गरिएको थियो ।

View : 256

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved