Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेपाल अन्तरराष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश

उद्‌घोष संवाददाता
१० जेठ २०८३, आइतवार

काठमाडौँ । नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

नेपाल समूह ‘ए’बाट सेमिफाइनल पुगेको हो । जितसँगै तीन खेल खेलेको नेपालको सात अंकसहित अंक तालिकाको शीर्षस्थानमा छ ।

नेपाल आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने हिजो भएको दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई हराएको थियो । त्यसैगरी नेपालकै समूहमा रहेको भारत दोस्रो स्थानमा छ ।

भारतको पाँच अंक छ । त्यस्तै सोही समूहमा रहेको कीर्गिस्तानको तीन अंक छ भने माल्दिभ्स अंकविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ ।

त्यस्तै सोमबार हुने समूह ‘ए’अन्तर्गत भारत र कीर्गिस्तानको खेलपछि नेपालको समूहको विजेता र उपविजेता टुंगो लाग्नेछ ।

नेपालले आज माल्दिभ्समाथि पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पार्यो भने खेलको दोस्रो सेट २५–९ ले जित्यो ।

त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट नेपालले माल्दिभ्समाथि २५–२० को जित निकाल्यो ।

त्यस्तै समूह ‘बी’बाट भने कजाखस्तान र इरान सेमिफाइनलमा पुगेका छन् ।

कजाखस्तानले बंगलादेशलाई ३–० सेटमा हराउँदा इरानले श्रीलंकालाई पनि ३–० कै सेटमा हरायो । प्रतियोगिताको समूह ‘बी’बाट श्रीलंका र बंगलादेश समूह चरणबाटै बाहिरिएका छन् ।

View : 111

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved