सुनसरी । सुनसरी प्रहरीले १५ लाख २० हजार रुपैयाँ बराबरको खरबुजाको बिउ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दुहबी, इलाका प्रहरी कार्यालय सितागञ्ज र ट्राफिक प्रहरी पोष्ट दुहबी सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सुनसरीको बर्जु गाउँपालिका–२ केशलिया खोला क्षेत्रमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएको उक्त बिउ बरामद गरेको हो ।
प्रहरीका अनुसार सोमबार साँझ विराटनगर–देवानगञ्ज सडकखण्डमा सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा ३८ बोरा अर्थात एक हजार पाँच सय २० किलो खरबुजाको बिउ फेला परेको थियो ।
बरामद बीउ १५ लाख २० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
बरामद बिउ इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धानका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
View : 29
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved